सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

उदयपुर | पुस २६, २०८०

सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

उदयपुर:   उदयपुरको चौदण्डिगढी नगरपालिका वडा नं ८ सिद्धिपुरस्थित हिलेखोलाको जङ्गलमा एक २० बर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई  पक्राउ गरेको छ । 


पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका वडा नं ८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खड्ग मगर रहेको प्रहरीले जनाएको छ ।  उनीहरूले किशोरीलाई ललाई फकाई हिलेखोला जङ्गलमा लगेर सामूहिक बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


उनीहरूलाई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताए । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्