९ महिना जेल बसेर निस्केकी थिइन् बालिकाको गहना चोर्ने श्रेष्ठ
पाेखरा | पुस २६, २०८०
पोखरा: कास्की प्रहरीले बालबालिकाको गहना चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका ६ घर भई हाल पोखरा महानगरपालिका ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकी छिन् ।
प्रहरीका अनुसा उनले गत २० गते शितलादेवी स्कुलबाट ६ वर्षकी बालिकालाई फकाएर कानमा लगाएको सुनको मुन्द्रा र निजको घरमा रहेको भुड्कीको पैसा चोरी गरी फरार थिइन् ।

त्यसपछि उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको हो । उनले यसअघि पनि १२ जना महिला तथा बालबालिकाहरुलाई ललाई फकाई गरी सुनका गरगहनाा चोरी गरेको कसूरमा ९ भुक्तान गरेकी थिइन् भने जरिवाना स्वरुप २८ हजार रुपैयाँ तिरेकी थिइन् ।
फेरी पक्राउ परेकी उनीमाथि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

