बस दुर्घटनामाघाइते भएका १२ जनाको कोहलपुरमा उपचार हुँदै

दाङ | पुस २८, २०८०

बस दुर्घटनामाघाइते भएका १२ जनाको कोहलपुरमा उपचार हुँदै

दाङ:    नेपालगन्जबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस दाङको भालुबाङमा शुक्रबार राती दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।


१३ जना घाइतेलाई कोहलपुर ल्याइएकोमा बाँके डुडुवा निवासी मोहम्मद जावेद उपचार गराएर घर फर्किएका छन्े । उनी डिस्चार्ज भएसँगै अस्पतालमा १२ जना उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।


इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । कालिकोटका ४५ वर्षीय तिलकप्रसाद उपाध्याय र २० वर्षका अरवाज नाउको अवस्था गम्भीर रहेको डिएसपी तिवारीले जानकारी दिए । 


शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेकाहरूमा नेपालगन्जका २४ वर्षीय आशुतोष गौतम, २० वर्षीय निरञ्जन कोरी, बर्दियाका २२ वर्षीय राजीव थारु, बाँकेका १९ वर्षीय नफिच खान, भारतका २० वर्षका छोटी सिलौरा, बाँकेकै दशरथ बिक, बाँके राप्ती सोनारीका ३१ वर्षका कुलबहादुर गोसाईं, नेपालगन्जकी ३५ वर्षीया लीला वली, बाँकेकै २१ वर्षीय शङ्कर थारु र रावलकुमार यादव छन् । उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।


बाग्मती प्रदेश ३००१ ख ३९१२ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भई शुक्रबार राति १०ः३० बजे पुलबाट अन्दाजी २५ मिटर तल राप्ती नदीमा खसेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ ।  बसमा सवार ३५ जनामध्ये सात जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

काठमाडौं:   देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...

थप पढ्नुहोस्

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देव...

थप पढ्नुहोस्

काठमाडौं:   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बसेको सुरक्षा समितिको बैठकले विमानस्थल पु...

थप पढ्नुहोस्