पोखरा वडा १ महानगर फुटसल कपमा च्याम्पियन
प्रविण सर्वाधिक गोलकर्ता, धन सर्वाेत्कृष्ट घोषित
पाेखरा | पुस २९, २०८०
पोखरा: राष्ट्रिय युवा संघ पोखरा महानगर कमिटीले आयोजना गरेको पहिलो संस्करणको ‘पोखरा महानगर फुटसल कप–२०८०’ मा वडा नम्बर १ च्याम्पियन बनेको छ ।
स्पोर्टस् क्यासलमा शनिबार भएको फाइनल खेलमा पोखरा वडा ११ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा १ च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेको वडा १ का लागि विनय तामाङ (क्रिजल) र नकुल तामाङले समान १÷१ गोल गरे ।
खेल संयोजक अनिश गुरुङका अनुसार च्याम्पियन बनेको वडा १ को टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पारे ।
यस्तै उपविजेता बनेको वडा ११ ले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २० हजार प्राप्त गरे ।
सो प्रतियोगिताबाट उपविजेता टोली पोखरा ११ का धन गुरुङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । यस्तै सोही टिमकै लक्ष्मण गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भए ।
मादी गाउँपालिकाका प्रविण गुरुङले ७ गोल गर्दै सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भए भने अनुशाषित टिमको शिल्ड पोखरा वडा १७ ले प्राप्त गर्याे ।
कुल ३८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय अध्यक्ष क्षितिज थेबे, युवा संघका पूर्व अध्यक्ष राजीव पहारी, नेकपा एमाले कास्कीका सचिव बैन बहादुर क्षेत्री, उपसचिव दर्शन लामा लगायतले पुरस्कार वितरण गरेका थिए ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

