पोखराको न्यूरोडबाट नगद १ लाख २२ हजारसहित ९ जना जुवाडे पक्राउ

पाेखरा | पुस २९, २०८०

पोखराको न्यूरोडबाट नगद १ लाख २२ हजारसहित ९ जना जुवाडे पक्राउ

पोखरा:   कास्की प्रहरीले पोखरा महानगरपालिका–८ न्यूरोडबाट ९ जनालाई जुवा खालबाट पक्राउ गरेको छ ।

 

प्रहरीका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घर भई न्यूरोड बस्ने दिपा पुनको घरबाट उनीसहित ९ जना शनिबार राती पक्राउ परेका हुन् । 

 

प्रकाउ पर्नेमा पोखरा महानगरपालिका ८ न्युरोड बस्ने ३५ वर्षीय दीपा पुन, पोखरा १ बगर बस्ने ५४ वर्षीय जीतबहादुर गुरुङ, पोखरा ११ बस्ने ३६ वर्षीय दिप्लव गुरुङ, पोखरा १८ बस्ने ३६ वर्षीय पवित्रा ढकाल, पोखरा ११ बस्ने ७१ वर्षीय तीर्थबहादुर गुरुङ र पोखरा १७ बिरौटा बस्ने ५० वर्षीय आईती गुरुङ छन् । 


यस्तै पोखरा १० रामबजार बस्ने ३५ वर्षीय अमर खनाल, पोखरा १४ बस्ने कुलबहादुर गुरुङ र पोखरा बिरौटा बस्ने ३२ वर्षीय नबिन थापालाई जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले गएराति प्रकाउ गरेको हो ।    उनीहरूको साथबाट नगद १ लाख २२ हजार १ सय ७५ रूपैयाँ र  ४ बुक तास बरामद भएको छ ।


जुवातास खेलिरहेको अवस्थामा प्रकाउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने)ं सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
  

 

 

 


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्