कास्कीमा विभिन्न मुद्धामा फरार ७७ जना प्रकाउ

पाेखरा | माघ २, २०८०

कास्कीमा विभिन्न मुद्धामा फरार ७७ जना प्रकाउ

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्धामा फरार ७७ जना फरार प्रतिवादीलाई प्रकाउ गरेको छ । कास्की प्रहरीले गत पुष महिनामा ७७ जना फरार प्रतिवादीलाई प्रकाउ गरेको हो । 


विभिन्न मुद्धामा फरार रहेका ७७ प्रतिवादीहरुले १६ वर्ष २ महिना १४ दिन कैद सजाय र ३ लाख ३ हजार ७ सय ५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको कास्की प्रहरीले जनाएको छ । प्रकाउ परेका प्रतिवादीहरुलाई अदालतमा बुझाइएको कास्की प्रहरीले जनाएको छ । 


कास्की प्रहरीका  अनुसार गत पुष महिनामा प्रकाउ परेका प्रतिवादी मध्य सबैभन्दा बढि नेक अनादार मुद्धामा ४४ जना रहेका छन् । 


यस्तै सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्धा र जालसाझी मुद्धामा ३/३ जना, लागुऔषध मुद्धामा १३ जना, जुवातास मुद्धामा ३ र लेनदेन (बिगो सम्बन्धी मुद्धामा २ जना प्रकाउ परेका छन् ।


 यस्तै अभद्र व्यवहार मुद्धा, झुुट्टा विवरण पेश गरी नागरिकता लिएको मुद्धा,जुवातास मुद्धा, केही सार्वजनिक अपराध मुद्धा, दोहोरो नागरिकता लिएको सम्बन्धी मुद्धा, ज्यान सम्बन्धी मुद्धा, सवारी ज्यान मुद्धा, गैर कानुनी कारोवार सम्बन्धी मुद्धा र अपुतािल हक कायम सम्बन्धी मुद्धामा १/१ जना प्रकाउ परेका छन् । 

पोखरा:   राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ ।   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...

थप पढ्नुहोस्

पोखरा:  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ ।   महासंघ प्रेस तथा अभिव्यक्ति स्...

थप पढ्नुहोस्

पोखरामा नातीले गत ३ गते हजुरआमाको हत्या गरेका छन् ।   पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् ।...

थप पढ्नुहोस्