गोरखाका एक व्यक्तिमा भेटियो कोरोना

गोरखा | माघ ३, २०८०

गोरखाका एक व्यक्तिमा भेटियो कोरोना

गोरखा:     गोरखामा एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा उपचारका लागि आएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिए । 
 

सहिद लखन गाउँपालिका–७ बुङकोट स्थायी घर भएका ४० वर्षीय पुरुषमा सोमबार सङ्क्रमण पुष्टि भएको उनले बताए । ती पुरुष ज्वरो र रुघाखोकी समस्या देखिएपछि उपचारका लागि गोरखा अस्पताल आइपुगेका थिए ।
 

सङ्क्रमितको अवस्था सामान्य रहेको र उनलाई अहिले होम आइसोलेसनमा राखिएको सूचना अधिकारी श्रेष्ठले बताए । सङ्क्रमित व्यक्ति भरतपुरबाट गोरखा आएका थिए । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्