टाइगर कप: श्रीलंङ्कन आर्मीलाई सोझो सेटमा हराउँदै एपिएफ तेस्रो
पाेखरा | माघ ६, २०८०
पोखरा: पोखरामा जारी चौथो टाइगरकप भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाल एपिएफ क्लब तेस्रो भएको छ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा तेस्रो स्थानको लागि भएको खेलमा नेपाल एपिएफ क्लबले आमन्त्रित श्रीलंङ्कन आर्मी टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको हो ।
एपिएफ क्लबले श्रीलंङ्कन आर्मी क्लबलाई २५–२३, २५–२१ र २७–२५ ले पराजित गरेको हो ।
यस्तै महिलातर्फ अहिले नेपाल एपिएफ क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लबबीच फाइनल खेल सञ्चालन हुन लागेको छ । उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यसहित एपिएफले उपाधि रक्षा गर्ने लक्ष्य लिएको छ । एपिएफले पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । नेपाल एपिएफ क्लब पहिलो संस्करणको उपविजेता, दोस्रो र तेस्रो संस्करणको उपाधि विजेता टिम हो ।
डायमण्डले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । जारी प्रतियोगितामा एपिएफ र डायमण्ड अपराजित रहँदै फाइनल प्रवेश गरेका हुन् ।
यस्तै पुरुषतर्फ गत संस्करणको उपाधि विजेता घरेलु टोली गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीमा तीन÷तीन जना विदेशी खेलाडी रहेका छन् ।
शुक्रबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा उपाधि दावेदार हेल्प नेपालले आमन्त्रित श्रीलंकाको आर्मी टिमलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । हेल्प दोस्रो संस्करणको टाइगर कपमा फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित हुँदै उपविजेता भएको थियो ।
यस्तै शुक्रबार नै सम्पन्न भएको दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । गण्डकी पहिलो र तेस्रो संस्करणको उपाधि विजेता टोली समेत हो ।
पुरुषतर्फ समूह ‘ए’ मा रहेका हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश समूह विजेता र समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए । भने लिगचरणको खेलमा गण्डकीले हेल्प नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो । पुरुषतर्फको फाइनल खेल दिउँसो २ बजे सञ्चालन हुनेछ ।
यस्तै फाइनल खेल हेर्न टिकट काटेर आउने भाग्यशाली दर्शकले सामसुङको फोन प्राप्त गर्नेछन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको थियो । खेल लिककम नकआउटको आधारमा सञ्चालन भएको थियो ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...

