टाइगर कप भलिबल: न्यू डायमण्डलाई हराउँदै एपिएफको ह्याट्रिक

पाेखरा | माघ ६, २०८०

टाइगर कप भलिबल: न्यू डायमण्डलाई हराउँदै एपिएफको ह्याट्रिक

पोखरा:   पोखरामा जारी चौंथो टाइगर कप भलिबल प्रतियोगिताको महिला तर्फ विभागीय टीम सशस्त्र प्रहरीको एपिएफ क्लबले ह्याट्रिक गरेको छ ।

 

अघिल्ला दुुई संस्करण जितेको एपिएफले शनिबार भएको फाइनलमा न्यू डायमण्ड क्लबलाई ३–० को सोझो सेटमा हराएर एपिएफले उपाधि रक्षा गरेको हो । एपिएफ प्रतियोगिताभर अपराजित रह्यो । 


एपिएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२१ ले हराएको हो । उपाधीसँगै एपिएफले ५ लाख ५५ हजार ५ सय ५५ पुरस्कार जितेको छ भने दोस्रो भएको न्यू डायमण्डले २ लाख ५५ हजार ५ सय ५५ प्राप्त गरेको छ ।

 

महिला तर्फ पुलिसलाई हराएर आर्मी तेस्रो भएको आर्मीले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । 


उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।


 

कास्की:   पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।   पोखरा महानगरपालिका –१०, रामघाट...

थप पढ्नुहोस्

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्