पोखरामा क्यानडा पठाउने प्रलोभन देखाएर ठगी गर्ने विदेशी नागरिकसहित ६ प्रकाउ

पाेखरा | माघ ११, २०८०

पोखरामा क्यानडा पठाउने प्रलोभन देखाएर ठगी गर्ने विदेशी नागरिकसहित ६ प्रकाउ

पोखरा:   पोखराको एक होटलमा क्यानडा पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई विदेशी नागरिकसहित ६ जनालाई प्रकाउ गरेको छ । प्रहरीले उनीहरुलाई पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित होटल टास्कबाट मंगलबार राति प्रकाउ गरेको हो । 


पोखरा बुद्धचोक स्थित होटल टास्कमा क्यानडा लैजाने प्रलोभन देखाएर अन्तवार्ता लिन विभिन्न व्यक्तिहरुलाई बोलाएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले होटल टास्कबाट ६ जनालाई प्रकाउ गरेको डीएसपी श्रवणकुमार विकले जानकारी दिए । 


‘होटल टास्कमा क्यानडा पठाउने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरुलाई अन्तवार्ताका लागि बोलाएको गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले खटिएको थियो’, डीएसपी विकले भने, ‘अन्तवार्ता लिइरहेको अवस्थामा २ विदेशी नागरिकसहित ६ जनालाई प्रकाउ गरेर म्याद थप गरेर अनुसन्धान अगाडि बढाएका छौं ।’


उनका अनुसार प्रकाउ पर्नेमा पोखरा–१३ पाटनबेशी बस्ने ६५ वर्षीय पार्वती सुनार, पोखरा–९ महेन्द्रपुलकी ३७ वर्षीय रिता सुनार, स्याङजाको फेदीखोला गाउँपालिका–३ बस्ने ३२ वर्षीय सिमा सुनार, काठमाडौं महानगरपालिका–१४ कलंकीका ३८ वर्षीय प्रदीप उपाध्याय, क्यानडाका स्थायी  ठेगाना भएका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्यप्रदेश घर भएका ३२ वर्षीय इस्मित कौरलाई रहेका छन् ।

 
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी विकका अनुसार प्रकाउ परेका पार्वती सुनारले छोरी क्यानडामा छ भनेर सिधै क्यानडाको भिषा निकाल्ने देखि काममा लगाउने प्रलोभन देखाएर प्रतिव्यक्ति २ हजार दरले उठाइरहेको अवस्थामा प्रकाउ गरेको जानकारी दिए । 


‘अन्तर्वार्ता पास भएपछि प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने र अन्र्तवार्ताका लागि २ हजार रुपैयाँ लिइरहेको अवस्थामा उनीहरुलाई फेला पा¥यौं’ उनले भने । 


प्रकाउ परेकालाई जिल्ला अदालत कास्कीबाट ठगी सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
    

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्