पृथ्वीचोकमा दिउँसै लुटिइन हेमजाकी गोमा: साढे १ तोलाको सिक्री घाटीबाटै खोसियो
पाेखरा | माघ १६, २०८०
पोखरा: हेम्जाबाट लमजुङको बेशीशहर जान हिडेकी गोमा बिक पृथ्वीचोकमा दिउँदै लुटिएकी छिन् ।
उनको साथमा रहेको ७ हजार रुपैयाँ र घाटीमा लगाएको साढे १ तोलाको सुनको सिक्री चोरी अज्ञात २ युवकले लुटेका हुन् ।
आज बिहान लमजुङको बेशीशहर जान पोखरा बसपार्कमा बसको काउन्टर खोज्ने क्रममा गोमाको पछि लागेका दुईजना युवाहरुले आफ्नो सुनको सिक्रीसहित नगद चोरी गरेका भागेको बताइन्
‘हेम्जाबाट पोखरा बसपार्क आएपछि लमजुङ जान बस लाग्ने ठाउँ खोज्दै थिए, लमजुङ जाने बस काउन्टर खोज्ने क्रममा मेरो पछाडि आएका दुई जना केटाहरुले आफु पनि लमजुङ हिडेको भने’, गोमाले सुनगाभा न्यूजसँग भनिन्, ‘पुलिसले यहाँको काउन्टर हटाएको छ, काउन्टर भित्र छ भनेर पोखरा मलमा ल्याए अनि झोलामा राखेको ७/८ हजार नगदसहित सिक्रीसमेत लगे ।’
उनले घाटीमा लगाएको सिक्री केटाहरुले झिकेपछि प्रतिकार गरेको बताउदै रुमालमा ढुङ्गा पोको पारेर दिएको सुनाइन् ।
‘काउन्टर भित्र छ भनेपछि बाटोमै जेब्रा राखेर आए, उनीहरु पनि मसँगै आए, घाटीमा लगाएको सिक्री ताने । किन मेरो सिक्री तानेको भनेर कराए रुमालमा पोको पारेर उनीहरुले सुनको सिक्री दिए होला भनेको त त्यहाँ ढुङ्गा रहेछ । पछि मात्र थाहा पाए', उनले भनिन् ।
पोखरा मलस्थित नेपाल बैंकको पार्किङ स्थलबाट एक महिलाको सुन र नगद चोरी भएको सूचनापछि सिसीटिभीको सहयोगमा चोरी गर्ने युवाहरुको खोजी कार्य भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

