लागूऔषध मुद्धामा २ वर्ष कैद सुनाइएका बाटुलेचौरका अजय ८ महिनापछि प्रकाउ

पाेखरा | माघ १८, २०८०

लागूऔषध मुद्धामा २ वर्ष कैद सुनाइएका बाटुलेचौरका अजय ८ महिनापछि प्रकाउ

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध मुद्धामा फरार रहेका प्रतिवादी अजय जिसीलाई प्रकाउ गरेको छ । प्रहरीले लागूऔषध मुद्धामा फरार रहेका जिसीलाई हिजो (बुधबार) प्रकाउ गरेको हो ।

 
जिल्ला अदालत कास्कीले २०८० जेठ १९ गते जिसीलाई लागूऔषध डाईजेपाम समेतको मुद्धामा २ वर्ष कैद सजाय र १ लाख ४ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो । 


अदालतको फैसला अनुसार जिसीले २ महिना १५ दिन कैद असुल भई १ वर्ष ९ महिना १४ दिन कैद सजाय र १ लाख ४ हजार रुपैयाँ भुक्तान गर्न बाँकी रही फरार प्रतिवादीको सुचीमा रहेपछि पोखरा–१६ बाटुलेचौर बस्ने २४ वर्षीय अजय जिसीलाई प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।  
 

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्