२० वर्षदेखि एउटै कोठामा थुनिएका युवकको उद्धार

गोरखा | माघ २२, २०८०

२० वर्षदेखि एउटै कोठामा थुनिएका युवकको उद्धार

गोरखा:    गोरखामा करिब २० वर्षदेखि कोठामा थुनिएका एक युवकलाई उद्धार गरिएको छ । मानसिक अवस्था कमजोर रहेका गोरखा नगरपालिका(५, नाङ्लेपानीका मङ्गलबाबु सिर्मललाई मानवसेवा आश्रम गोरखा शाखाले आइतबार उद्धार गरेको उक्त शाखाको व्यवस्थापक मुना लामाले जानकारी दिनुभयो । 


परिवारका सदस्यले उपचार(प्रयास गरे पनि सम्भव नभएपछि उनलाई लामो समयदेखि कोठामा थुनेर राखिएको थियो । सिर्मललाई परिवारले कोठामा वरिपरि ढुङ्गामाटोको कोठा बनाएर अगाडि फलामे ढोका हालेर थुनेर राख्दै आएका थिए । खाना कोठाभित्र पुर्‍याउनका लागि फलामे ढोका मुनितिर केही भाग खुला छोडेर सिर्मललाई परिवारले कोठामै थुनेर राख्ने गरेको रहेछ, व्यवस्थापक लामाले भन्नुभयो, “गोरखा नगरपालिकाको समन्वयमा उनको उद्धार गरिएको हो ।”


घरमा कसैलाई नजिक आउन नदिने र सबैलाई कुटपिट गरी लखेट्ने गरेपछि गाउँमा असुरक्षा महसुस भएकाले सिर्मललाई लामो समयदेखि कोठामा थुनेर राखिएको परिवारको भनाइ थियो । सिर्मलकी आमा फिस्टी सिर्मलले छोराको उपचार गर्न नसकिएकाले एउटै कोठामै ओछ्यान र  शौचालय समेतको व्यवस्था गरी थुनेर राख्नुपरेको बताउनुभयो । उनलाई उपचारका लागि ललितपुरको पाटन अस्पताल, भरतपुर अस्पताल र अल्का अस्पताल पुर्‍याइए पनि स्वास्थ्यमा कुनै सुधार नदेखिएकाले परिस्थिति जटिल हुँदै आएको थियो । 


वि.सं २०५८ देखि मङ्गलबाबुमा मानसिक समस्या देखिएको आमा फिस्टीको भनाइ थियो । गोरखा नगरपालिकाको उपप्रमुख मसलीमाया थोकर ९सपना पुन० सहित जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र पत्रकारलगायतको उपस्थितिमा उनलाई उद्धार गरिएको संयोजक लामाले बताउनुभयो । उद्धार गरिएका मङ्गलबाबुलाई पोखरास्थित मानवसेवा आश्रममा पुर्‍याइएको छ । उनलाई हेम्जास्थित उक्त आश्रमको शाखामा राखेर मनोचिकित्सकको प्रत्यक्ष रेखदेखमा उपचार हुने उहाँको भनाइ थियो ।

काठमाडौं:  नुवाकोटको विदुरमा त्रिशूली नदीमा फसेकाको उद्धार नेपाली सेनाले गरेको छ।  बाढीमा फसेको लामो समयपछि मंगलबार बिहान पुगेको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको हो।  नुव...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसले संविधान संशोधनलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ । कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नेकपा एमालेसँग भएको सहमतिअनुसार संविधान संशोध...

थप पढ्नुहोस्

काठमाडौं:  मंगलबार बिहान सवा दिन बजे आएको बाढीले नेपाल–चीन जोड्ने मितेरीपुलबीच भागमा भाँचिएर बगाई टिमुरेस्थित भन्सार यार्डमा बाढी पसेको थियो ।  त्यहाँ रहेका सात आठवटा गाडी र आठ नौवट...

थप पढ्नुहोस्