भेट्रान फुटबल: आयोजक अन्तिम आठमा
पाेखरा | माघ २३, २०८०
पोखरा: पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा क्वाटरफाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा मंगलबार सात खेल सम्पन्नसँगै क्वाटरफाइनल समिकरण पुरा भएको हो ।
पोखरा १ टुडिखेल खेलमैदानमा ४० वर्ष माथि उमेर समूहको प्रिक्वाटरअन्तरगत मंगलबारको पहिलो खेलमा ठमेल भेट्रान काठमाडौंले फ्रिडम फाइटरलाई ५–३ ले हरायो । ठमेलका लागि नगेन्द्र देवानले ह्याट्रिक गरे । टासी छिरिङ र नविन न्यौपानेले एक–एक गोल गरे । फ्रिडमका लागि विकर्ण श्रेष्ठले दुई तथा धनविर चौधरीले एक गोल गरे ।
दोस्रो खेलमा चिया पपले थापागाउँ भेट्रानलाई २–१ ले हरायो । मित्र बहादुर बस्नेत र सन्तोष नेपालीले एक–एक गोल गरे । थापा गाउँका लागि नारायण कार्कीले एक गोल गरे ।
निकै रोमाञ्चक बनेको तेस्रो खेलमामा नागस्वेती हेटौडाले संगम भेट्रान पोखरालाई सडनडेथमा ६–५ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २–२ को बराबरी हुँदा सडनडेथमा पुगेको थियो ।
चौथो खेलमा चावहिल काठमाडौंले कुमण्डोल ललितपुरलाई २–१ ले हरायो । चावहिलको जीतमा पासाङ शेर्पाले दुई गोल गरे भने, कुमण्डोलका लागि रमेश सिकेमानले एक गोल गरे ।
पाँचौ खेलमा आयोजक बगर भेट्रानले एमएमभी पाँचथरलाई टाइब्रेकरमा २–० ले हरायो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
छैटौं खेलमा जोरपाटीले चितवन भेट्रानलाई १–० ले हरायो । जोरपाटीको जीतमा सुमन मोक्तानले गोल गरे ।
दिनको अन्तिम खेलमा हेटौडाले नाइटकिंग काठमाडौंलाई टाइब्रेकरमा ३–२ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । प्रतियोगितामा भोलिदेखि क्वाटरफाइनलका खेल सुरु हुनेछन् ।
पोखरा: कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ । स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...
काठमाडौं: प्रहरी वृत्त लैनचौरले ३ जनालाई लागुऔधष खैरो हिरोइनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ९ घर भई जिल्ला काठमाडौं महानगरपालिका १६ बालाजु गंगाजम...
मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पोखरामा दोस्रो मुख्य पर्यटकीय सिजनमा पनि पर्यटकको आगमन घटेको छ। अमेरिका–इजरायल र इरानबिच बढ्दो तनावले मुख्य ट्रान्जिट हब जस्...

