पोखरा म्याराथन: तमु धिँ र वडा नं ३ ले बाजागाजा सहित सांस्कृतिक पोशाकमा धावकलाई स्वागत गर्ने
पाेखरा | माघ २५, २०८०
पोखरा: पोखरामा फागुन ५ गते हुने ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’लाई आकर्षण बनाउन विभिन्न जात–जातीको मौलिक सांस्कृतिक भेषभुषा तथा बाजागाजासहित धावकहरुलाई स्वागत गरिने भएको छ ।
नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनका लागि विभिन्न चोकहरुमा रहेर सांस्कृतिक रुपमा स्वागत गर्ने तमु धिँ नेपाल र वडा ३ का विभिन्न संघ संस्थाले प्रतिबद्धता व्यक्त गरेका हुन् ।
छुट्टा–छुट्टै सम्पन्न क्रममा सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणलाई भव्य बनाउन आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छुन् । पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन पोखरामा तमु धिँ नेपाल र वडा नं ३ मा छुट्टा–छुट्टै भेला र छलफल सम्पन्न भएको मञ्चले जनाएको छ ।
पोखरा महानगर वडा नं ३ मा भएको विभिन्न समूह तथा संस्थाहरुसँगको छलफल कार्यक्रममा बोल्दै वडा नं ३ का वडाअध्यक्ष प्रकाश मान उदासले आफ्नो वडाभित्र पर्ने रुटमा सांस्कृतिक कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले वडाको पहिचान गर्ने अवसर मिल्ने हुँदा सबै आमा समूह, युवा क्लब तथा टोल विकास संस्थालाई मौलिक विविध बाजा तथा सांस्कृति झ्याकिसहित उपस्थिति हुन अनुरोध गरे ।
अध्यक्ष उदासले वडामा रहेका फरक फरक जातजातीका मौलिक बाजाहरुको धुनले धावकलाई उर्जा थप्ने काम गर्ने हुँदै सफल पोखरा म्याराथनलाई आफ्नो वडामा स्वागत गर्ने बताए ।
विधता पौरखी केन्द्रकी अध्यक्ष शान्ति उदासले पोखरा म्याराथनमा सबै आमा समूह, युवा क्लब तथा टोल विकास संस्थाले आफ्नो वडा भित्र रहेको विविध मौलिक सांस्कृतिक पहिचानसहित धावकलाई स्वागत गर्ने सुनाइन् । उनले आफुहरुले फरक–फरक संस्कृति झल्कनेगरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । संघ संस्था समन्वय संयोजक शम्मर बहादुर श्रेष्ठले आ–आफ्नो ब्यानरसहित स्वागत गरिदिन आग्रह गरे ।
यस्तै तमु धिँ नेपालको मुख्य कार्यालय पोखरा नयाँबजारमा भएको छलफलमा तमु धी नेपालका अध्यक्ष हुम तमुले म्याराथनको रुटमा पर्ने गुरुङ समाजले जातीय पहिचानसहितको मौलिक बाजाले धावकलाई स्वागत गर्ने प्रतिबद्धता व्यक्त गरे । पोखरा म्याराथनमा आफ्नो संस्कृति देखाउँदा संसारमा फैलने उनले सुनाए । तमु धीको तर्फबाट म्याराथनको रौनक बढाउन रन फर फनमा समेत सहभागी हुने उनले बताए ।
तमु धिँ मा सम्पन्न कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरा म्याराथनका विभिन्न पक्षहरु बारे चर्चा गर्दै सबैलाई म्याराथनमा सहभागिता जनाउन आग्रह गरे । उनले भने–“यो विशेष एक संस्थाको मात्रै कार्यक्रम होइन । यो समग्र पोखरेलीहरुको कार्यक्रम हो । म सबैलाई फागुन ५ गते आयोजना हुने पोखरा म्याराथन सफल बनाउन आग्रह र आह्वान गर्दछु ।”
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

