भण्डारढिकबाट ८ जुवाडे ५७ हजार नगदसहित प्रकाउ
पाेखरा | माघ २५, २०८०
पोखरा: पोखराम महानगरपालिका–२९ भण्डारढिकमा जुवातास खेलिरहेका ८ जना जुवाडेलाई प्रहरीले प्रकाउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीको टोलीले भण्डारढिकस्थित गीता पुनको घरमा जुवातास खेलिरहेका ८ जुवाडेलाई ३ बुक ताससहित ५७ हजार १ सय ९५ रुपैयाँसहित हिजो (बुधबार) प्रकाउ गरेको हो ।
जुवातास खेलिरहेको अवस्थामा पोखरा महानगपालिका–२७ तालचोक बस्ने ५६ वर्षीय दलबहादुर गुरुङ, ४० वर्षीय कुमबहादुर गुरुङ, भण्डारढिक बस्ने ३६ वर्षीय सितादेवी गुरुङ, ५७ वर्षीय तुलबहादुर पुन, ५६वर्षीय भुपाल गुरुङ, ४८ वर्षीय दुर्गा गुरुङ, पोखरा–२९ सैनिकबस्ती बस्ने ३३ वर्षीय शान्तामल्ल ठकुरी र पोखरा–३१ मोहरिया टोल बस्ने ३७ वर्षीय जिवन शाहीलाई प्रहरीले प्रकाउ गरेको हो ।
प्रकाउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

