मणिपाल आन्दोलनः २६ दिनदेखि आन्दोलित कर्मचारी, समाधानको साँचो ‘बतास समूह’सँग
काठमाडाैं | असार १४, २०७९
पोखराः मणिपाल अस्पतालका कर्मचारीले प्रशासनसमक्ष विभिन्न माग राख्दै आन्दोलन सुरु गरेको आज २६ दिन भइसकेको छ । यसबीच अस्पतालको ओपिडीसमेत पूर्णरुपमा सुचारु हुन सकेको छैन ।
आन्दोलनका कारण अपरान्हपछि मात्रै ओपिडी सेवा दिइँदै आइएको छ । आन्दोलित कर्मचारी आबद्ध युनियन र अस्पताल प्रशासनबीच पटकपटक वार्ता भएपनि समस्या समाधान हुन सकेको छैन ।
कर्मचारीहरूलाई किरिया बिदा नदिएको, सुत्केरी र स्याहार बिदा नदिएको, सन् २०१० मा कर्मचारी सङ्गठनहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको, सञ्चित बिदा र अतिरिक्त ड्युटीबापतको रकम नदिएको, उपदान नदिएको र समय अनुसार कर्मचारीको तलब वृद्धि नगरेकोे उनीहरुले जनाएका छन् । यसको विपरित अस्पताल प्रशासनले नेपाल सरकारको श्रम ऐन अनुसार सबै सेवा सुविधा दिएको भन्दै अडिग रहेको छ ।
यही विषयमा साेमबार पनि आन्दोलनरत कर्मचारी र प्रशासनबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । वार्ताबाट समस्याको निकास नआउनुमा बतास समूहको संलग्नता भएको जनाइएको छ ।
‘हामी सोमबार वार्ता बस्यौं’ नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मनिपाल इकाई अध्यक्ष अमृत पौडेलले भने ‘तर प्रशासनले नयाँ मालिकसहित वार्ता गरेर पुनः छलफल गर्ने जानकारी दियो ।’ नयाँ मालिक को हो ? भन्ने प्रश्नमा अध्यक्ष पौडेल भन्छन् ‘बतास समूह ।’
मणिपाल अस्पताल खरि प्रक्रिया टुंग्याएको दाबी गर्ने बतास समूहकै अप्रत्यक्ष हस्तक्षेपका कारण कर्मचारी आन्दोलनको समस्या समाधान हुन नसकेको पौडेलको बुझाई छ । ‘हिजो अस्पताल प्रशासनले वार्ताकै दौरान नयाँ मालिक भन्दै बतास समूहसँगै बसेर छलफल गर्ने भनेपछि हामी बल्ल स्पष्ट भयौं’ पौडेलले भने ।
आज दिउँसो ३ बजे बतास समूहसहित त्रीपक्षीय वार्ताको तालिका रहेको बताउँदै पौडेलले कर्मचारीहरुको माग पुरा हुनेमा आशावादी रहेको जनाएका छन् ।
मणिपाललाई पोखराका दुई व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले किनेको बताइएको छ । आनन्दराज बतासले बतास समुह चलाएका छन् भने नारायण पौडेलको अटोवेज ग्रुप छ ।
करिब सवा ३ अर्ब रुपैयाँमा यी दुई व्यवसायीले मणिपाल खरिद गर्ने प्रारम्भिक सम्झौता भएको थियो । अस्पताललाई ३ अर्ब २२ करोड ६० लाख रुपैयाँमा किनिएको सार्वजनिक भइसकेको छ।
भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले सन् १९९४ मा मणिपाल सञ्चालन गरेको थियो ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

