अन्तरजातीय प्रेमसम्बन्ध: भीष्मको हत्या आरोपमा प्रमिकाको बाबु र ठुलोबुवा पक्राउ

दोलखा | माघ २९, २०८०

अन्तरजातीय प्रेमसम्बन्ध: भीष्मको हत्या आरोपमा प्रमिकाको बाबु र ठुलोबुवा पक्राउ

दोलखा:  दोलखाको शैलुङमा भएको हत्याकाण्डका आरोपीहरुलाई आइतबार प्रहरी सार्वजनिक गरेको छ।

 

हत्या अभियोगमा पक्राउ परेका शैलुङ गाउँपालिका–५ काटाकुटीका पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपालीलाई जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको हो।

 

गत पुसमा शैलुङ गाउँपालिकाका– ४ का १८ वर्षीय युवक भीष्म भण्डारीलाई उनीहरुले खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ।

 

युवकको हत्यामा उनीहरुको संलग्नता रहेको र हत्याकाण्ड प्रेम सम्बन्धको कारण भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए। उनका अनुसार गत पुस ११ गते राति युवक भीष्म १७ वर्षीया प्रेमिकाको काटाकुटीस्थित घरमा गएर बसेका थिए।

(भीष्म भण्डारी)

 

गाउँको मेलामा गएका किशोरीका बुबा पुष्कर र ठुलोबुबा ईश्वर घर फर्किएपछि युवकलाई छोरीसँगै देखेपछि वादविवाद भएको थियो।

 

विवादपछि किशोरीका ठुलोबुबाका छोरा विशाल नेपाली पनि पुगेका थिए।​त्यसलगत्तै उनीहरुले भीष्मलाई स्थानीय वीरबहादुर तामाङको घर नजिकै बाटोमा लगेर घाँटी रेटेर हत्या गरेका थिए।

 

दोलखा प्रहरीका अनुसार वादविवादपछि आक्रोशित भएका ईश्वर नेपालीले आफ्नो घरको कुखुरा राख्ने खोरबाट खुकुरी लिएर गई भीष्मलाई खुकुरी प्रहार गरी घाइते बनाएका प्रहरीले जनाएको छ।

 

त्यसपछि उनीहरुले खुकुरीले घाँटी छिनाई मृतक शवलाई धारामा पानीले पखाली स्थानीय बजिनी खोल्सामा लगेर फालेको उनीहरुले बयान दिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्