‘आवाज’ ले गण्डकी प्रदेश मातहत जिल्लाका प्रहरी कार्यालयमा छुवाछुत र भेदभावविरुद्ध बोर्ड राख्ने

पाेखरा | माघ २९, २०८०

‘आवाज’ ले गण्डकी प्रदेश मातहत जिल्लाका प्रहरी कार्यालयमा छुवाछुत र भेदभावविरुद्ध बोर्ड राख्ने

पोखरा:  ‘समानताका लागि आवाज’ भन्ने मुख्य नारालाई आत्मसाथ गर्दै सामाजिक क्षेत्रमा क्रियाशिल संस्था ‘आवाज’ले गण्डकी प्रदेश भित्रका ११ वटै जिल्ला प्रहरी कार्यालयमा छुवाछुत र भेदभाव सम्बन्धि सचेतनामूलक बोर्ड राख्ने भएको छ ।

 

गण्डकी प्रदेश प्रहरी कार्यालयमा बसको बैठकबाट जिल्ला प्रहरी कार्यालयको नागरिक सहायता कक्ष अगाडि जातीय तथा सामाजिक छुवाछुत र भेदभावसम्बन्धि सचेतनामूलक बोर्ड राख्ने निर्णय गरेको हो ।

 

पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिसकेको छ भने आज (सोमबार) प्रदेश प्रहरी कार्यालयको नागरिक सहायता कक्ष अगाडि बोर्ड राखिएको छ ।

 

सो अवसरमा बोल्दै गण्डकी प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानरीक्षक विकासराज खनालले गण्डकी प्रदेशमा जातीय तथा अन्य भेदभावका घटनाहरु भएमा शुन्य सहनशिलताकासाथ कानुनी दायरामा ल्याउन प्रदेश मातहतका कार्यालयहरुलाई निर्देशन गरेको बताउदै आवाजले सहयोग गरेको जनचेतनामुलक समाग्रीले कार्यक्रमलाई थप उर्जा प्रदान गरेको धारणा राखे ।
 

 

डिआइजी खनालले सामाजिक रुपान्तरणका लागि आवाजलाई आगामी दिनमा यस्तै सकरात्मक  र रचनात्मक कार्यक्रम निरन्तर गर्न सुझावसमेत दिएका थिए ।

 

यस्तै आवाजका सदस्य अपिल विश्वकर्माले आवाजविहीनका आवाज र विभिन्न किसिमका सामाजिक हिंसाको विरुद्धमासंस्थाले काम गर्दै आएको जानकारी दिए ।

 

उनका अनुसार आवाजले यसअघिदेखिनै विभिन्न वडामा गुन्द्रीमा मुक्ति संवाद, लागुपदार्थविरुद्धको सचेतना कार्यक्रम, रक्तदान कार्यक्रम लगायतका सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।


 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्