पोखरामा मनाइयो प्रथम सहिद लखन थापामगरको १ सय ४७ औं स्मृति दिवस
पार्टीको पार्टीको ह्वीप क्रस नगरे आदिवासी जनजातिको मुद्धा अगाडि बढ्दैन: पूर्वमन्त्री गुरुङ
पाेखरा | फागुन २, २०८०
पोखरा: पोखरामा प्रथम सहिद लखन थापामगरको १ सय ४७ औं स्मृति दिवस मनाइएको छ । पोखरामा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजनामा प्रथम सहिद लखन थापामगरको १ सय ४७ औं स्मृति दिवस मनाइएको हो ।
पोखरा रंगशालाबाट सुरु भएको झाँकी ¥याली चाइनापुलहुँदै लखनचोक आएर प्रथम सहिद लखन थापामगरको शालिकमा माल्यापर्ण पछि कोणसभा सुरु भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै पूर्व मन्त्री इन्द्र बहादुर गुरुङले पार्टीको ह्वीप मान्ने हो भने, आदिवासी जनातिको मुद्धा अघि नउठ्ने जिकिर गरेका छन् ।
मुद्धालाई उठाउन र अघि बढ्नका लागि कुनैपनि लोप लालचमा नलाग्न र सवै आदिवासी जनजातिहरुलाई एक हुनका लागि आग्रह गर्दै गुरुङले जुनुसुकै पार्टीको ह्वीप क्रस गनैपर्ने जिकीर समेत गरे ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख वासुदेव घिमिरेले मुलुकले मानेको प्रथम सहिद क्याप्टेन लखन थापा मगर प्रति कुनै द्धिविधा नभएको बताए । उनले कुनै समुदायमा जन्मिएता पनि उनले एउटा सिंगो देशको शिर माथि उठाउनुका साथै, प्रजातान्त्रिक, लोकतान्त्री व्यवस्था तत्कालिन निरंकुस जाहनिय राणासासन मुक्त गर्नका लागि झिल्को सल्काउने काम गरेको बताए ।
राष्ट्र, जनताको मुक्तिका लागि दिइएको बलिदानप्रति उहाँको स्वभीमान श्रद्धा गर्न लाएक भएको स्मरण गर्दै घिमिरेले उनलाई सम्झी रहने बताए ।
प्रथम सहिद थापामगर कुनै धर्म, जाति विशेषको नभइ सिंगो राष्ट्र र जनाताको सतपात्र भएकाले उनलाई इतिहासले स्मरण गर्ने विश्वास व्यक्त गर्दै,सहिदहरुको बलिदान र योगदानका कारण अहिले व्यवस्था फेरीएको र आम नागरिकले अधिकार उपभोग गर्न पाएको बताए ।
सहिद थापाकै कारण मुलुक संघिय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा समेत राष्टङले नै घोषण गरेका उनीलाई राज्यले अपमान गरेको दावी गर्दै, तमु धि नेपालका अध्यक्ष हुँबहादुर तमुले सबैलाई सम्मान र अपनत्व हुने, मुलुक बन्नुपर्ने आग्रह रहेको जिकिर गरे ।
समुदाय, भाषा, भेषभुषा, रुप र जन्मको आधारमा विभेद रहेको समेत गुनासो गर्दै, उनले विभेद अन्त्यको लागि लखन थापा लगायतका, हजारौ सहिदहरुले बलिदान दिइएको र अझै अधिकार सुनिश्चीतताका लागि बलिदान दिन तयार रहेको बताए ।
समानताको लागि तिनै तहको सरकार तथा राज्य सञ्चालकलाई अघि बढ्न उनको आग्रह रहेको थियो ।
सहिद थापा गण्डकी प्रदेशको सपुत भएकाले पनि प्रदेशले नै उनको स्मृति दिवस मान्नुपर्ने अदिवासी जनजाति गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष धर्म तमुको जोड रहेको थियो ।
आदिवासी भएकै कारण राज्यले देशको प्रथम सहिदलाई राज्यले नमानेर जनजातिले आवाज उठाउनुपर्ने अवस्था आइलाग्दा, मुलुकमा विभेद भएको महसुस भएको समेत सुनाउदै उनले, अग्रजहरुलाई सम्मान गर्न नसक्ने साशकहरु देशमा रहेको प्रमाणित भएको जिकिर गरे । उनले यस्ता कुराबा सच्चिन महासंघको तर्फबाट अपिल गरे ।
कार्यक्रममा सामाजिक अगुवाहरु धनबहादुर तामाङ, बालकृष्ण काउछा मगर, आदिवासी जनाजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषदका महासचिव सुजन लामा, नेपाल मगर संघ जिल्ला समन्वय कास्कीका अध्यक्ष राम बहादुर थापा मगरलगायतले सहिदलाई कुनै जात विशेषमा नभइ सबैको भएकाले सहिद प्रति विभेद नगर्न राज्यलाई आग्रह गरे ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

