पोखरामा नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा भारतीय नागरिक प्रकाउ
पाेखरा | फागुन ३, २०८०
पोखरा: सार्वजनिक सवारी साधनमा हिड्ने यात्रुहरुलाई नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा पोखरामा भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ ।
यात्रुहरुलाई लुटपाट गर्ने मनसायले नशालु पदार्थ मिसावट गरेको लड्दुसहित प्रहरीले ४६ वर्षीय भारतीय नागरिक दिलिप पटेललाई फागुन १ गते प्रकाउ गरेको हो ।
भारतीय नागरिक पटेलले सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई नशालु पदार्थ खुवाएर लुटपाट गर्ने गरेको सूचनापछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका–९ बसपार्कमा चेकजाँच गर्ने क्रममा प्रकाउ गरेको हो ।
प्रकाउ परेका भारतीय नागरिक पटेलको साथबाट प्रहरीले नशालु पदार्थ मिसावट गरिएको १ प्याकेट लड्दुसमेत बरामद गरेको छ । प्रकाउ परेका उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धका कसुरमा ३ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

