पोखरामा लागूऔषधसहित तीन जना प्रकाउ
पाेखरा | फागुन ९, २०८०

पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित तीन जनालाई प्रकाउ गरेको छ । प्रहरीले लागूऔषसधसहित तीन जनालाई हिजो (मंगलबार) कास्कीको विभिन्न स्थानबाट प्रकाउ गरेको हो ।
पोखरा महानगरपालिका–१९ बस्ने ३८ वर्षीय चन्द्राबहादुर गुरुङ र पोखरा–२९ बस्ने ३६वर्षीय सुजित गुरुङलाई प्रहरीले लागूऔषधसहित प्रकाउ गरेको हो ।
प्रहरीले तीन जनाको साथबाट बरामद गरेको लागूऔषध । फोटो: कास्की प्रहरी
लागूऔषध नियन्त्रण कार्यालय ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले चन्द्रा र सुजितको कोठा र साथबाट २९ एम्पुल डाईजापाम, २९ एम्पुल फेनेरागन र २९ एम्पुल नुर्फिन बरामद गरेको हो ।
प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले मंगलबार नै पोखरा महानगरपालिका–२० भलाम बस्ने ३५ वर्षीय सन्तोष नेपालीलाई ५० एम्पुल लागूऔषधसहित प्रकाउ गरेको छ ।
प्रहरीले नेपालीको साथबाट डाईजापाम ३० एम्पुल, फेनेरागन १० एम्पुल र नुर्फिन १० एम्पुल गरेर ५० एम्पुल लागूऔषध बरामद गरेको हो ।
प्रकाउ परेका नेपालीलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ८ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रालिले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ। पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले रिबन काटेर ...
कञ्चनपुर: गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्...
कैलाली: गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, प...