पोखरामा कल बाइपास गर्ने उपकरणसहित दुई जना पक्राउ
पाेखरा | फागुन १२, २०८०
पोखरा: पोखरामा कल बाइपास गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका ४ घरभइ अहिले पोखरा–११ बस्ने २७ वर्षीय ईमरान अहमद र पर्साको सखुवापर्सौनी–५ घर भई पोखरा–११ बस्ने ३७ वर्षका विशाल साह रहेका कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

प्रहरीले बरामद गरेको कल बाइपास गर्ने उपकरण । फोटो: नेपाल प्रहरी
हिजो पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ६४ पोर्टका भिओआइपी गेटवे (सिम बक्स), सिम, चार्जर, मोबाइल, पेनड्राइभ तथा राउटर बरामद गरेको प्रहरीको भनाइ छ । उनीहरूलाई दूरसञ्चार ऐन २०५३ अन्तर्गत दफा ४७ को उपदफा २ अनुसार ५ वर्षसम्म कैद र बिगो बराबरको जरिबाना वा दुवै सजायँ हुन सक्छ ।
नेपालमा अवैध भीओआइपी धन्दामा गिरोह नै सक्रिय रुपमा लागेको देखिएको र अनुसन्धान तथा पक्राउ गर्ने काम भैरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक प्रदीप खत्रीले बताए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

