पोखरामा कल बाइपास गर्ने उपकरणसहित दुई जना पक्राउ

पाेखरा | फागुन १२, २०८०

पोखरामा कल बाइपास गर्ने उपकरणसहित दुई जना पक्राउ

पोखरा:     पोखरामा कल बाइपास गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका ४ घरभइ अहिले पोखरा–११ बस्ने २७ वर्षीय ईमरान अहमद र पर्साको सखुवापर्सौनी–५ घर भई पोखरा–११ बस्ने ३७ वर्षका विशाल साह रहेका कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । 

प्रहरीले बरामद गरेको कल बाइपास गर्ने उपकरण । फोटो: नेपाल प्रहरी


हिजो पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ६४ पोर्टका भिओआइपी गेटवे (सिम बक्स), सिम, चार्जर, मोबाइल, पेनड्राइभ तथा राउटर बरामद गरेको प्रहरीको भनाइ छ । उनीहरूलाई दूरसञ्चार ऐन २०५३ अन्तर्गत दफा ४७ को उपदफा २ अनुसार ५ वर्षसम्म कैद र बिगो बराबरको जरिबाना वा दुवै सजायँ हुन सक्छ ।


नेपालमा अवैध भीओआइपी धन्दामा गिरोह नै सक्रिय रुपमा लागेको देखिएको र अनुसन्धान तथा पक्राउ गर्ने काम भैरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक प्रदीप खत्रीले बताए । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्