नवलपुरलाई हराउँदै स्याङ्जा फाइनलमा
पाेखरा | फागुन १२, २०८०
पोखरा: जिल्ला भलिबल संघ स्याङ्जाले नवलपुर माथि रोमाञ्चक जित निकाल्दै स्वर्गीय सन्तोष थापामगर स्मृति भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ स्याङ्जाले नवलपुरलाई ३–२ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।
स्याङ्जाले नवलपुरलाई १९–२५, १९ २५, २५–१५, २५– १९ र १५–१३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो र दोस्रो सेट गुमाएको स्याङ्जाले तेस्रो, चौथो र पाँचौ सेटमा उत्कृष्ट पूनरागमन जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।
दोस्रो सेमिफाइनल खेल जिल्ला भलिबल संघ बागलुङ र पर्वतबीच प्रतिस्पर्धा हुने भलिबल संयोजक राजन दर्लामी मगरले जानकारी दिए ।
स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता ७ जिल्लाको सहभागिता रहेको छ । ७ समूहलाई २ समूहमा विभाजन गरिएको खेलमा स्याङ्जा समूह ‘ए’को विजेता र पर्वत समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए । यस्तै समूह ‘बी’बाट बागलुङ समूह विजेता र नवलपुर समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए ।
चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो चापाकोट महोत्सवमा गण्डकी प्रदेशका भलिबल खेलाडी स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटार खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक दर्लामीले बताए ।
उनका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पार्ककर, ब्लकर, सेटर, डिफेन्डर,सर्भर प्रशिक्षकले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा सुन्तलीटारमा दोस्रो चापाकोट महोत्सवमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता फागुन ८ देखि १३ गतेसम्म सञ्चालन हुदै छ ।
फागुन ३ देखि १३ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रर्दशनी, रतौली गीत प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
पोखरा: राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...
पोखरा: नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्...
पोखरामा नातीले गत ३ गते हजुरआमाको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् ।...

