तीन सयभन्दा बढी अवैध विद्यालय सञ्चालन, स्थानीय तह मौन

भक्तपुर | फागुन १३, २०८०

तीन सयभन्दा बढी अवैध विद्यालय सञ्चालन, स्थानीय तह मौन

भक्तपुर:    मध्यपुरथिमि नगरपालिका बोडे सिन्टिटार पौवामा विगत चार वर्षदेखि सञ्चालनमा रहेको विद्यालयको नाम हो संस्कार गुरुकुल । करोडौँ लगानी, सुन्दर वातावरण र संस्कारसहितको गुणस्तरीय शिक्षाका नाममा सञ्चालित उक्त विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म सञ्चालनमा छ । 


विद्यालयले यस वर्षदेखि कक्षा ९ सम्म भर्ना लिने जनाएको छ । तर विडम्बना करिब तीन सय विद्यार्थी अध्ययनरत उक्त विद्यालय आजसम्म पनि अवैध छ । दर्ताबिना सञ्चालनमा छ ।


त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य कस्तो हुने हो, पछि आउने समस्याको दोषी को हो ? यसको सवाल विद्यालय सञ्चालक, विद्यालय अनुगमन गर्ने निकाय,  विद्यालय दर्ता गर्ने नगरपालिका वा अभिभावक कसैलाई पत्तो छैन । चिन्ता त त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यको छ ।


कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना लिइरहेको संस्कार गुरुकुल त एउटा उदाहरण मात्रै हो । मध्यपुरथिमि नगरपालिकामा मात्रै मन्टेश्वरी र प्ले ग्रुपको नाममा यस्ता विना दर्ता सयभन्दा बढी विद्यालय सञ्चालनमा छन् । जिल्लाका चारवटै पालिकामा तीन सयभन्दा बढी यस्ता विद्यालय दर्ता विना सञ्चालनमा छन् तर जिम्मेवार निकाय नगरपालिका भने बेखबर बनिरहेको छ ।


मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले विद्यालय अनुगमन सुरु गरेको बताउनुभयो । विना दर्ता अवैध रूपमा मन्टेश्वरी विद्यालयका नाममा धेरै स्कुल सञ्चालनमा रहेको जानकारी पाएको भन्दै उहाँले आजदेखि सुरु हुने अनुगमनबाट त्यस्ता विद्यालयलाई आवश्यक कारबाही गरिने बताउनुभयो । कुनै पनि विद्यालय सञ्चालन गर्न दर्ताका लागि नजिकैको दुई विद्यालयको सहमति अनिवार्य लिनुपर्ने शिक्षा ऐनमा व्यवस्था छ । तर संस्कार गुरुकुलले त्यो प्रक्रिया पूरा गर्न नसक्दा दर्ता हुन नसकेको नगरपालिकाको भनाइ छ ।


निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले दर्ता गर्ने तथा नियमन गर्ने निकायको कमजोरीले दर्ता विनाका विद्यालय सञ्चालन मौलाएको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा मन्टेश्वरीको नाममा कक्षा ५ सम्म विद्यार्थी भर्ना धेरै विद्यालय छन्, दर्ता विना सञ्चालनमा रहेका अवैध विद्यालयलाई प्रक्रिया पुर्‍याएर कि सञ्चालनको अनुमति दिनुपर्छ कि कारबाही गर्नुपर्छ, स्थानीय तहले टुलुटुलु हेरेर बस्न मिल्दैन, त्यहाँ विद्यार्थीको भविष्य जोडिएको हुन्छ ।”


सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिकामा पनि यस्ता विना दर्ताका मन्टेश्वरी र प्रिस्कुलका नाममा विद्यालय प्रशस्तै रहेपनि नगरपालिकाले अनुगमन र कारबाही भने गर्न नसकेको उहाँको भनाइ छ ।


कडा अनुगमनका बिचमा पनि भक्तपुर नगरपालिका क्षेत्रमा पनि मन्टेश्वरीका नाममा धेरै विद्यालय सञ्चालनमा रहेका छन् । अनुगमनमा भेटिएका यस्ता विद्यालयलाई कारबाही नगर्न विभिन्न बहाना बनाएर नगरपालिकाका शिक्षा शाखाकै कर्मचारीले रोक्ने गरेको विद्यालय सञ्चालक नै बताउँछन् । ‘विद्यालय चलाउँदै गर्नुस्, हामी मिलाएर दर्ता गरौँला’ भनी मध्यपुरथिमि नगरपालिकाका शिक्षा शाखाका प्रमुखले नै भन्ने गरेको विद्यालय सञ्चालकले जानकारी गराएका छन् ।

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्