मगर दिवस: पोखराको सडकमा घन्कियो ‘कान राहा र झाभुरा’ (तस्बिरहरु)
पाेखरा | फागुन १५, २०८०
पोखरा: ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा एकताको आज देशभरबाट दिइयो ।
सो अवसरमा पोखरामा पनि मानव अधिकार चोकमा मगरहरु भेला भएर सभागृह हलमा पुगेर भव्य कार्यक्रम आयोजना गर्दै यसपटकको ४२ औं राष्ट्रिय मगर एकता दिवस मनाइयो ।
नेपाल मगर संघ कास्कीले आयोजना गरेको सो कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका मगरहरुको जभघट भयो ।

मानव अधिकार चोकबाट सुरु र्यालीमा मगर समुदायको निकै लोकप्रिय र प्रचलित भाकाहरु घन्किए ।
तनहुँ, स्याङ्जा तथा पाल्पा जिल्लामा प्रचलित कौडा (कान राहा, हामी आयौ) झाब्रे सालैजो(झा भुरा, धुलो उड्यो) पुन मगरहरुको मौलिक नाच सडकमै प्रस्तुत भए । यस्तै मारुनी, ठाडो भाका, चुट्का र्यालीमा घन्कियो । जहाँ मिस मगर नेपाल लगायतकोसमेत सहभागिता रहेको थियो ।

हेर्नुहोस् सुनगाभा न्यूजको लेन्समा कैद तस्बिरहरु:-













कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...
हेमजा: कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

