फोनिज गण्डकीद्वारा पत्रकार महासंघलाई अल्टिमेटम र स्मरणपत्र

पाेखरा | फागुन १५, २०८०

फोनिज गण्डकीद्वारा पत्रकार महासंघलाई अल्टिमेटम र स्मरणपत्र

पोखरा:    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले नेपाल पत्रकार महासंघ गण्डकीलाई सात दिने अल्टिमेटम र स्मरणपत्र बुझाएको छ । 


नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुन भन्दै मागसहित मंगलबार फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङ नेतृत्वको टिमले नेपाल पत्रकार महासंघ गण्डकीमार्फत केन्द्रलाई पत्र बुझाएको हो । महासंघ गण्डकीका तर्फबाट महासचिव गोविन्द सुवेदी र सदस्य राधिका कँडेलले उक्त पत्र बुझेका हुन् । 


फोनिज लामो समयदेखि नेपाल पत्रकार महासङ्घको गलत इतिहास सच्याउन संघर्षरत रहेको छ । तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ)को संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासङ्घका सबै समितिमार्फत माग गरिएको थियो । त्यसैको स्मरण गर्दै फोनिज गण्डकीले पुनः स्मरणपत्र बुझाएको हो । 


२००८ साल बैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २००९ बैशाख २८ मा पुर्नगठन गरेको इतिहास रहेको स्मरणपत्रमा उल्लेख गरिएको छ । त्यसपछि, २०१२ चैत्र १६ गते पुर्नगठन हुँदा कृष्णप्रसाद भट्टराई सभापति बनेको पनि पत्रमा छ । तथ्यहरुले सत्यनारायण बहादुर श्रेष्ठ संस्थापक सभापति पुष्टि भैसकेको अवस्थामा कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेको स्मरणपत्रमा उल्लेख छ ।


सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासङ्घ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासङ्घको नीतिविरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको हो । अल्टिमेटममा ७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न माग गरिएको छ । माग पूरा नभए नेपाल पत्रकार महासङ्घका केन्द्रसहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने जानकारी पनि गराएको छ । 


नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले फोनिजको माग सहितको अल्टिमेटम र स्मरणपत्र तत्काल केन्द्रमा पठाउने बताए । सत्य लुकाएर लुक्न नसक्ने उनको भनाई थियो । केन्द्रले अझै गहन अनुसन्धान गरेर यसका बारेमा निर्णय गरेपछि सोही अनुसार अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।  


फोनिजले देशव्यापीरुपमा नेपाल पत्रकार महासंघलाई  पत्र बुझाएको हो । मंगलबार जिल्ला शाखा र प्रदेश शाखाहरुले स्मरणपत्र बुझाएको छ । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्