कास्कीमा बालविवाह मुद्धामा ३ महिना कैद सुनाइएका बुद्धिसरा र बिनिता १ वर्षपछि प्रकाउ
पाेखरा | फागुन १७, २०८०
पोखरा: जिल्ला अदालत कास्कीले बाल विवाह मुद्धामा ३ महिना कैद सुनाइएका बुद्धिसरा र बिनितालाई प्रहरीले १ वर्षपछि प्रकाउ गरेको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१ बस्ने सरस्वती वि.क भन्ने बुद्धिसर विक र बिनिता विकलाई जिल्ला अदालत कास्कीले ०७९ फागुन २५ गते ३ महिना कैद, २५ सय जरिवाना र पिडित राहत कोषमा २ सय जरिवाना फैसला गरेको थियो ।
अदालतको फैसला अनुसार २ महिना १८ दिन कैद सजाय र २५ सय जरिवाना र पिडित राहत कोषमा २ सय रुपैयाँ भुक्तान गर्न बाँकी रहेका बुद्धिसरा र बिनितालाई प्रहरीले हिजो (बुधबार)पोखराको हरिचोकबाट प्रकाउ गरेको हो ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

