पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ८ वर्कसप सञ्चालक प्रकाउ
पाेखरा | फागुन २०, २०८०
पोखरा: पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ८ वटा वर्कसपका सञ्चालकलाई प्रहरीले प्रकाउ गरेको छ ।
गएको भदौ २५ गतेदेखि पोखरामा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउनेलाई कारवाही गर्दै आएको जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय कास्कीले ६ महिनापछि ८ वटा वर्कसपका सञ्चालकलाई प्रकाउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एव्म प्रहरी निरीक्षक सुर्य रानाले मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ८ वटा वर्कसपका सञ्चालकहरुलाई प्रकाउ गरेको जानकारी दिए ।
मोटरसाइकलको स्वरुप परिवर्तन गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–८ सृजनाचोक स्थित ३६० मोटरर्सका सञ्चालक सुशिल भुजेल, पोखरा कस्टुर्सका सञ्चालक सागर झाक्री, बुम इनफिल्ड सर्भिस सेन्टरका सञ्चालक मोहम्मद रुस्तम, रोयल इनफिल्ड शोरुमका सञ्चालक सुकबहादुर गुरुङ रहेका छन् ।
यस्तै प्रहरीले पोखरा–१६ लामाचौर स्थित चौधरी मोटरसाइकल वर्कसपका सञ्चालक महेन्द्र चौधरी, क्लासिक मोटरसाइकलका सञ्चालक विनोद विक र दीपम वर्कसपका सञ्चालक सन्दिप भगतलाई प्रकाउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पछिल्लो ६ महिनामा मोटरसाइकलको स्वरुप परिवर्तन गरेर समाजमा होहल्ला मच्चाउँदै हिड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपबाट आगो निकाल्ने ६८१ मोटरसाइकललाई कारवाही गर्दै ७ लाख ४२ हजार ७ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

