पोखरामा ७ जुवाडे ९८ हजार बढी नगदसहित प्रकाउ
पाेखरा | फागुन २३, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले ७ जना जुवाडेलाई ९८ हजार ६ सय २५ रुपैयाँसहित प्रकाउ गरेको छ । पोखरा महानगरपालिका-८ पृथ्वीचोकस्थित होटल प्यालेसमा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले मंगलबार बेलुका प्रकाउ गरेको हो ।
जुवातास खेलिरहेको अवस्थामा प्रहरीले स्याङजाको पुतलीबजार नगरपालिका-८ घर भई महानगरपालिका १७ छोरेपाटन बस्ने ५२ वर्षीय नारायण राना सहित ७ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूलाई नगद ९८ हजार ६ सय २५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
गलकोट: चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ–१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक ब...
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

