पोखरामा ७ जुवाडे ९८ हजार बढी नगदसहित प्रकाउ
पाेखरा | फागुन २३, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले ७ जना जुवाडेलाई ९८ हजार ६ सय २५ रुपैयाँसहित प्रकाउ गरेको छ । पोखरा महानगरपालिका-८ पृथ्वीचोकस्थित होटल प्यालेसमा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले मंगलबार बेलुका प्रकाउ गरेको हो ।
जुवातास खेलिरहेको अवस्थामा प्रहरीले स्याङजाको पुतलीबजार नगरपालिका-८ घर भई महानगरपालिका १७ छोरेपाटन बस्ने ५२ वर्षीय नारायण राना सहित ७ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूलाई नगद ९८ हजार ६ सय २५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

