अस्पतालमा टिकट काट्ने लाइनमा बसेका युवकको मृत्यु

चितवन | फागुन २७, २०८०

अस्पतालमा टिकट काट्ने लाइनमा बसेका युवकको मृत्यु

चितवन:     उपचारका लागि अस्पतालको टिकट काट्ने लाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।


पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका जीवनबाबु थापामगरको आइतबार बिहान मृत्यु भएको हो ।


मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका ३ लौरीघोलका ३४ वर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका बेला अचानक ढलेका थिए ।


त्यसपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

पोखरा:   २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ ।   मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...

थप पढ्नुहोस्

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।   यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो।   मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

थप पढ्नुहोस्

पोखरा: कास्कीको मादी गाउँपालिका–६ स्थित चिप्ली गाउँमा यही फागुन २ देखि ४ गतेसम्म महाशिवरात्री मेला हुने भएको छ ।   चिप्ली गाउँमा क्रियाशिल रहेको सिद्ध युवा क्लबको आयोजनामा फागुन २ देखि ४ गतेस...

थप पढ्नुहोस्