स्याङ्जामा बन्दुक र हातहतियारसहित दुई जना पक्राउ

स्याङ्जा | फागुन ३०, २०८०

स्याङ्जामा बन्दुक र हातहतियारसहित दुई जना पक्राउ

स्याङ्जा:   वालिङ नगरपालिका–१० पाठेखोलाबाट विभिन्न हातहतियारसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५३ वर्षीय बरूण गैरे र सोही नगरपालिका–९ का १८ वर्षीय किशोर रहेका छन् । 

 

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरूलाई एकनाले भरूवा बन्दुक १ थान, सोही बन्दुकको गोली ९ राउण्ड, छर्रा, बारूद १ वट्टा र हसिया १ थानसहित पक्राउ गरेको हो । 

 

सो विषयमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्