नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको अध्यक्षमा किसान,महासचिवमा विमल

काठमाडाैं | चैत ४, २०८०

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको अध्यक्षमा किसान,महासचिवमा विमल

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको केन्द्रीय अध्यक्षमा कास्कीका किसान सुनार सर्वसम्मत निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न  १० औं अधिवेशनबाट युवा व्यवसायी सुनार सर्वसम्मत निर्वाचित भएका हुन् । 


सो समितिको प्रथम उपाध्यक्षमा द्धारिका विश्वकर्मा, द्धितीय उपाध्यक्षमा सुधिर अग्रवाल सर्वसम्मत निर्वाचित भए । 


मुख्य तीनवटा पद सर्वसम्मत भएपनि अन्य पदका लागि भने निर्वाचन भएको थियो । निर्वाचनको नतिजा अनुसार तृतीय उपाध्यक्षमा प्रेमबहादुर खाती १७५ मतले विजयी भए । यस्तै महा–सचिवमा विमल धमला (निरबहादुर वि.क) १५५ मत प्राप्त गर्दै निर्वाचित भए । सचिवमा केशर बहादुर वि.क (२००), सचिव पृथ्वी विश्वकर्मा(१६६), कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्मा (१८६)र सह–कोषाध्यक्ष दिपक धनुके (१५७) मतसहित निर्वाचित भए । 


यस्तै कार्यसमिति सदस्यमा बृद्धिबहादुर वि.क, भुपेन वि.क, उमेश गहतराज, कुमार विश्वकर्मा, जगतबहादुर सुनार, राजेन्द्र विश्वकर्मा, केशवबहादुर सुनार, सोमबहादुर वि.क, कमलप्रसाद लामिछाने, त्रिलोचन  विश्वकर्मा, किशोर सेन्चुरी, मानबहादुर सुनार, सूर्य कुमार बराल, सुरथबहादुर सुनार, हेम सागर गहतराज (सुनार), उमेश प्रसाद शाह, निरंजन कुमार शाह, प्रेमकुमार स्वर्णकार र विद्या सागर ताम्राकर निर्वाचित भए । 


सो अधिवेशनमा महासंघमा आवद्ध ३२ संस्थाका कुल ३८४ प्रतिनिधि सहभागि रहेका थिए । 


यस्तै महिला सदस्यमा सुलोचना सापकोटा, दाना हमाल, लोप्साङ छोडेन शेर्पा, प्रदेश सदस्य (पदेन)मा देवी कृष्ण पाण्डेय र रामबहादुर विक सर्वसम्मत निर्वाचित भए । 


शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको १० औं अधिवेशनबाट किसान सुनारको नेतृत्वका ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको हो । 

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्