दाङमा जीप दुर्घटना हुँदा जितबहादुरको मृत्यु
दाङ | चैत ५, २०८०
सांकेतिक तस्बिर
दाङ: पश्चिम दाङमा आज यात्रुबाहक जीप दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जितबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए ।
बुढाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा आज बिहान ११ः३० बजे मृत्यु भएको हो ।
त्यसैगरी जीप चालक बबई–१ निवासी ४७ वर्षका लोकबहादुर रानालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
पश्चिम दाङको गँगटेबाट तुलसीपुरका लागि छुटेको लु१ज १४२७ नंको जीप भाङाबारी नजिकै उकालोमा टायरमा ढुङ्गा लगाएर रोक्ने क्रममा पछाडि आएर दुर्घटना हुँदा सात जना घाइते भएका थिए ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

