बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, २५ जना घाइते

बाग्लुङ | चैत ५, २०८०

बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, २५ जना घाइते तस्बिर: दिलचन पुन

बागलुङ:   मध्यपहाडी लोकमार्गअर्न्तगत बागलुङको निसीखोला गाउँपालिका ६ को जाउलेपानी यात्रुबस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । 


प्रहीका अनुसार घटनास्थलमै  ७ जनाको र उपचारका लागि बुर्तिवाङ लैजाने क्रममा १ गरी ८ जनाको मृत्यु भएको हो । 

 

दुर्घटनामा परी  २५ जना घाइते भएका छन् । सो बसमा चालकसहित ३३ जना सवार रहेको खुलेको छ । मृतक मध्ये ५ जना पुरुष र ३ जना महिला छन् । उनीहरुको सनाखत भने हुन सकेको छैन ।


रुकुम पश्चिमबाट आज बिहान साँढे ११ बजे काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको यात्रु बस साँझ ५ बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।
 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्