रुपन्देहीमा उजेलीको हत्या आरोपमा प्रभुनाथ पक्राउ

बुटवल | चैत १५, २०८०

रुपन्देहीमा उजेलीको हत्या आरोपमा प्रभुनाथ पक्राउ

रूपन्देही:   जिल्ला प्रहरी कार्यालय रुपेन्देहीले सुद्धोधन गाउँपालिका–६ वेलहिया घर भई सियारी गाउँपालिका–७ राम जानकी चोक बस्ने ७० वर्षीया उजेली लोधको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा सियारी गाउँपालिका–७ अमुवा बस्ने २९ वर्षीय प्रभुनाथ थारू रहेका छन् ।

 

प्रहरीका अनुसार उजेलीलाई सुतेको अवस्थामा फलामको हतौडा प्रहार गरी फरार भएका थिए ।

 

त्यसपछि अचेत भएकी उजेलीलाई उपचारको लागि भिम अस्पताल भैरहवा पुर्याइएपनि चिकित्कसको मृत घोषणा गरेको थियो ।

 

उजेलीको हत्या भएको प्रहरीलाई सूचना पुगेपछि इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले घटनामा संलग्न प्रभुनाथलाई उनकै घरबाट पक्राउ गरेको हो । 

 

मृतकले गालीगलोज गर्ने गरेको र रिसको झोकमा आफुले हतौडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा बताएका थिए । 

 

सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्