सुपर काबेली ‘ए’ क्यासकेट आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न

ताप्लेजुङ | चैत १६, २०८०

सुपर काबेली ‘ए’ क्यासकेट आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न

ताप्लेजुङः  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माणाधीन कुल १२ मेगावाट क्षमता भएको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको एचआरटी सुरुङ निर्माण सम्पन्न भएको छ ।  

 

 आयोजनाका प्रतिनिधि मेघनाथ ढुङ्गानाका अनुसार गत २०७९ साल पुस अन्तिम सातादेखि सुरुङ निर्माणको काम सुरु गरिएको थियो । उहाँका अनुसार एक हजार ८३७ मिटर दूरी भएको सुरुङ निर्माण बिहीबार पूरा भएको हो । उक्त एचआरटी सुरुङ निर्माण सम्पन्न भएसँगै अब आयोजनाको ७५ प्रतिशत काम पूरा भएको छ ।

 

जिल्लाको सिरिजङ्घा गाउँपालिका–७ खेबाङ र वडा ८ याम्फुदिन भई बग्ने काबेली खोलाबाट विद्युत उत्पादन गर्ने गरी सुपर काबेली ‘ए’ क्यासकेट आयोजना सुरु गरिएको हो। आयोजनाको मुख्य प्रवर्द्धक हिलटन इनर्जी लिमिटेड रहेको छ । यो आयोजनाबाट उत्पादन हुने विद्युत पाँचथरको अमरपुरस्थित १३२ केभीए क्षमताको सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जडान हुने छ ।

रुकुम पूर्व:  रुकुम पूर्वको भुमे गाउँपालिका १ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । हिजो बेलुका भुमे १ स्यावालस्थित मध्यपहाडी लोक मार्गको लुगुम(पाटी हाल्ने सडक खण्डमा लुगु...

थप पढ्नुहोस्

गुल्मी: गुल्मीस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।  मालिका– ३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्र...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो  सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचन...

थप पढ्नुहोस्