त्रिशूली दुर्घटना अपडेट:  मृतक ५ जनाको पहिचान खुल्यो, एक बेपत्ता

चितवन | चैत १७, २०८०

त्रिशूली दुर्घटना अपडेट:  मृतक ५ जनाको पहिचान खुल्यो, एक बेपत्ता

चितवन:    पृथ्वी राजमार्गको  ईच्छाकामना गाउँपालिका ५ पृथ्वी राजमार्गको सिमलधारा नजिक भएको ट्याक्सी दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलेको छ । 


शनिवार बिहानै काठमाडौंबाट गोरखा तर्फ गई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेपछि पाँच जनाको मृत्यु भएको थियो । 


 

यो पनि पढ्नुहोस

 


मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ट्याक्सी चालक गोर्खा नगरपालिका ७ बस्ने ३५ वर्षीय अर्जुन शिर्मल, गोर्खा नगरपालिका ७ की ४१ वर्षीया  हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय, ९ वर्षीय आगमन नगरकोटी रहेका छन् । 


गोरखा नगरपालिका ७ का १८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

गण्डकी:   सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका–३ का बासिन्दाले आर्थिक सहयोग अभियान सुरु गरेका छन् ।  डोप्टा–बराहखोला जोड्ने सडकमा पर्ने चेवटको भिर काटे...

थप पढ्नुहोस्

रसुवा:  नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्‍याएक...

थप पढ्नुहोस्

म्याग्दी:   म्याग्दी-म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा र...

थप पढ्नुहोस्