बिरालोले टोकेपछि सेती अस्पतालमा सुई लगाउन गएकी महिलाको मृत्यु
धनगढी | चैत २२, २०८०
धनगढी: बिरालोले टोकेपछि रेबिज विरुद्धको सुई लगाएकी कैलालीकी सीता डगौराको उपचारका क्रममा मृत्यु भएको छ।
भजनी नगरपालिका(४, खैलाड घर भई हाल धनगढीमा बस्दै आएकी ४० वर्षीया डगौरालाई चैत १५ मा बिरालोले टोकेको थियो। त्यसपछि उनी रेबिज विरुद्धको सुई लगाउन सेती प्रादेशिक अस्पताल, धनगढीमा पुगेकी थिइन्।
आफन्त मनीषा चौधरीका अनुसार घरमै पालेको बिरालोले डगौराको खुट्टामा टोकेको थियो। उनले सोही दिन सेती अस्पतालमा रेबिज विरुद्धको सुई लगाएकी थिइन्।
दोस्रो डोज लगाउन चैत १८ गते अस्पताल पुगेकी थिइन्। सुई लगाउने बित्तिकै आफूलाई अप्ठ्यारो भएको भन्दै घरमा फोन गरेकी थिइन्। घरबाट आफन्त अस्पताल पुग्दा भेन्टिलेटरमा राखिसकिएको चौधरीले बताइन्।
उपचारका क्रममा आज बिहान मृत्यु भएको भन्दै अस्पतालले खबर गरेको उनले बताइन्। “अस्पतालले आज शव बुझ्न अनुरोध गरेको छ,” चौधरीले भनिन्।
स्वास्थ्यकर्मीको लापरवाहीले ज्यान गएको भन्दै आफन्तजनले विरोध जनाएका छन्। “आफैं हिंडेर सुई लगाउन आएको मान्छेको ज्यान गएको छ,” चौधरीले भनिन्, “कुनै ठूलो घाउ वा चोट पनि थिएन। यो त सरासर लापरवाही हो।”
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। शेरबहादुर कमरका अनुसार बिरालो, कुकुर सहित जंगली जनावरले टोकेपछि रेबिज विरुद्धको सुई लगाउनुपर्छ। रेबिज विरुद्धको सुई लगाउँदा विरलैमा यस्तो समस्या देखिने गरेको डा। कमरको भनाइ छ। “अस्पताल वा चिकित्सकको कुनै गल्ती छैन, लापरवाही पनि भएको छैन,” डा। कमर भन्छन्, “कहिलेकाहीं यस्तो समस्या देखिन्छ।”
डगारौका परिवारजनले भने शव बुझ्न मानेका छैनन्। उनीहरू विरोधमा उत्रिएका छन्।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

