फुर्सदमा ‘झाँक्री’

पाेखरा | असार १७, २०७९

फुर्सदमा ‘झाँक्री’


पोखरा :       निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्री पदमुक्त भएपछि फुर्सदमा देखिन थालेकी छिन् । 

 

नेकपा एकिकृत समाजवादीका सांसद तथा नेता रामकुमारी झाँक्रीले मन्त्री पदबाट मुक्त भएपछि गत बुधबार टिकटक लाइभमा आइन् । उनले आफु ९ महिनापछि टिकटकको लाइभमा आएको बताउदै समर्थकमाझ गिफ्ट पनि मागिन् । अहिले उक्त  भिडियो सामाजिक सञ्जालमा भाइरल छ । 

 

टिकटक लाइभमा समर्थकले सांसद झाँक्रीलाई अबको प्रदेश तथा संसदीय निर्वाचनमा कहाँ देखि चुनाब लड्ने भनेर जिज्ञासा राखेको देखिन्छ । उनले सो प्रश्नको उत्तरमा सर्मथकहरुले नै सल्लाह सुझाव दिन आग्रह गरेकी छिन् । 

 

टिकटक लाइभमा १ हजार भ्यूअर पुगेपछि उनले भनिन्, अरु सामाजिक सञ्जाल भन्दा टिकटक लाइभमा आम–सर्वसाधारणसँग जोडिन सजिलो हुने भएकाले ९ महिना पछि टिकटक लाइभमा जोडिएकी छु । 

 

उनको लाइभमा एक समर्थकले माकुनेको खबर के छ?  भनि कमेन्ट गर्दा प्रतिउत्तरमा उनले त्यसो त नभन्नुस्न साथी हो । भन्दै जवाफिएकी छिन् ।
उनलाई केही समर्थकहरुले एमालेमा फक्रिन आग्रह गरेका छन् भने केहीले समाजवादको नारा नछोड्न आग्रह गरेका छन् । सांसद झाँक्री नेकपा विभाजनपछि नेकपा एकिकृत समाजवादीबाट शहरी विकासमन्त्री भएकी थिइन् ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्