कास्कीमा ३ जना गाँजासहित प्रकाउ
पाेखरा | चैत २५, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध गाँजासहित ३ जनालाई प्रकाउ गरेको छ । प्रहरीले कास्कीको विभिन्न स्थानबाट ३ जनालाई लागूऔषध गाँजासहित प्रकाउ गरेको हो ।
प्रहरीले पोखरा महानगरपालिका–२७ तालचोकमा शनिबार बिहान पृथ्वी राजमार्ग सडक खण्डमा सवारी चेकजाँज गर्ने क्रममा गोरखाका २४ वर्षीय मदन नेपालीलाई लागूऔषध गाँजासहित प्रकाउ गरेको हो ।
प्रहरीले पोखरातर्फ आउँदै गरेको सवारी चेकजाँज गर्ने क्रममा गोरखा घर भएका नेपाली सवार कारबाट ९ किलो ८ सय ग्राम गाँजा प्रकाउ गरेको हो ।
प्रकाउ परेका नेपालीलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा १० दिनको म्याद थप अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले बिहीबार कास्कीको अन्नपूर्ण गाउँपालिका–९ मौजाबाट लागूऔषध गाँजासहित २ जनालाई प्रकाउ गरेको छ ।
पोखरा मालेपाटनका ३७ वर्षीय हेमन्त भट्टराई र सराङकोट घर भएका २५ वर्षीय बिनोद थापालाई प्रहरीले प्रकाउ गरेको हो । प्रहरीले उनीहरु सवार ग १४ प २४३ नम्बरको मोटरसाइकलसहित ४ केजी १ सय ग्राम लागूऔषध, १० हजार ५ सय नगद र २ थान मोबाईलसहित प्रकाउ गरेको हो ।
उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

