काठमाडौंबाट बेनी जाँदै गरेको बस पोखरामा दुर्घटना, ७ जना घाइते

पाेखरा | चैत २९, २०८०

काठमाडौंबाट बेनी जाँदै गरेको बस पोखरामा दुर्घटना, ७ जना घाइते

पोखरा:  पोखरा महानगरपालिका २५ स्थित सुइखेतमा यात्रुवहाक बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

 

कास्की प्रहरीका अनुसार आज विहान करिब ३ बजे काठमाण्डौबाट बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको दुर्घटना हुँदा बागलुङको तमानखोला गाउँपालिका ३ तमान बस्ने २५ वर्षीया रीता घर्तीसहित ( अवस्था मध्यम )७ जना घाइते भएका हुन् ।

 

यस्तै घाइते हुनेहरुमा  म्याग्दीको मालिका गाउँपालिका वडा ५ देवीस्थान बस्ने ३० वर्षीय भिम कुमार बुढा (अवस्था सामान्य), सोही गाउँकै ६ वर्षी निश्चल फगामी, २७ वर्षीया निर्मला फगामी, ४६ वर्षीया सुमित्रा फगामी रहेका छन् ।

 

यसैगरी मालिका गाउँपालिका १ दरवाङ् बस्ने ७२ वर्षीय नर बहादुर पुन र सोही वडाकै ६५ वर्षीया कृष्णकुमारी पुन रहेकी छिन् । घाइते सबैलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । 

 

कास्की प्रहरीले चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै म्याग्दीको बेनी नगरपालिका ६ बस्ने ३२ वर्षीय बस चालक राजकुमार गैरेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्