सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: दुई जना मृतकको पहिचान खुल्यो

दोलखा | बैशाख ७, २०८१

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: दुई जना मृतकको पहिचान खुल्यो

दोलखा:  दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीको धारावतीमा आज बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–१ का मानबहादु थामी र शिव श्रेष्ठ रहेका छन् भने अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको घटनास्थलबाट भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले जानकारी दिनुभयो ।


 

यो पनि पढ्नुहोस

 

 

सोहि बसमा सवार दुलाहाको अवस्था सामान्य रहेको र घाइते २५ जनालाइ खाडिचौरस्थित सदाबहार अस्पताल लगिएको छ । बाँकीको अवस्था सामान्य रहेको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्करका वडा अध्यक्ष टेकबहादुर गुभाजुले जानकारी दिनुभयो ।

 

पिस्करको मुलाबारीस्थित गोकुल थामीको छोरीको बिबाहमा जन्ति लिइ आएको बस बेहुलीको घर देखि आधा घन्टाको दुरी नजिक आइपुग्दा दुर्घटना भएको हो ।

 

बिहीबार परेको पानीले सडक बिगारेका कारण बस अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको हुन सक्ने अनुमान गरिएको छ ।


 

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतिय...

थप पढ्नुहोस्

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई  प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।   अख्तियार द...

थप पढ्नुहोस्