दराजको अफिसबाट पौने ६ लाख चोरी गर्ने ३ जना पक्राउ

पाेखरा | बैशाख ११, २०८१

दराजको अफिसबाट पौने ६ लाख चोरी गर्ने ३ जना पक्राउ

पोखरा:  कास्की प्रहरीले पोखराको नयाँ बजारस्थित दराज अनलाइनको कार्यालयबाट नगद चोरी आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

 

कास्की प्रहरीका प्रवत्ता तथा प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका १५ टुटुङ्गाका २९ वर्षीय अर्जुन परियार, पोखरा १० रंगशाला बस्ने २७ वर्षीय विकास अधिकारी र धादिङ जिल्ला घर भई हाल पोखरा २ नालामुख बस्ने २९ वर्षीय लोकेन्द्र बहादुर इटनी रहेका छन् ।

 

उनीहरुलाई पोखरा ५ पस्र्याङबाट उनीहरूलाई पैसा राखिएको लकर र झोलासहित वडा प्रहरी बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

 

पक्राउ परेका उनीहरुले गत चैत्र २४ गते पोखरा महानगरपालिका –८ नयाँ बजारमा रहेको दराज अनलाइनको डेलिभरी कार्यालयको सिसा फोडेर नगद रु ५ लाख ८२ हजार ५ सय ८०, मोबाइल १ थान र ५ थान झोला लगायतका समाग्री चोरी फरार थिए ।

 

हाल पक्राउ परेका उनीहरुविरुद्ध चोरी कसुरमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।


 

कास्की:   कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन् ।   स्थानीय गिरेन्द्र गुरुङले आफैले बनाएका बन्दुक पड्काएपछि त्यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन्...

थप पढ्नुहोस्

पोखरा:    काठमाडौंबाट बेनी जाँदै गरेको बस कास्कीको लेवाडेमा दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन् ।  काठमाडौंबाट बेनी जाँदै गरेको बा ५ ख २८५ नम्बरको बस कास्कीको अन्नपूर्ण...

थप पढ्नुहोस्

सुर्खेत:      सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिक दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बिहीबार बिहान भे १ च २५६० ...

थप पढ्नुहोस्