भण्डारढिकमा 'हिट एण्ड रन': ५ दिनपछि पक्राउ परे धम्जाका दिलबहादुर
पाेखरा | बैशाख १२, २०८१
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले हिट एण्ड रनमा फरार व्यक्तिलाई ५ दिनपछि पक्राउ गरेको छ ।
कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माका अनुसार पक्राउ पर्नेमा बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा स्थायी घर भई हाल पोखरा २७ तालचोक बस्ने २५ वर्षीय दिल बहादुर आले रहेका छन् ।
उनले गत ७ गते करिब साढे ६ बजे तालचोक आउने क्रममा ग १३ प २६९१ नम्बरको रातो पल्सर मोटरसाइकलले म्याग्दीको बेनी नगरपालिका ३ स्थायी घर भई हाल पोखरा २९ बस्ने पैदलयात्री ८ वर्षीय बालकलाई भण्डारढिकमा ठक्कर दिएर फरार थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय शिशुवालाई प्राप्त सूचनाको आधारमा ग १३ प २६९१ नम्बरको रातो पल्सर मोटरसाइकलसहित चालक आलेलाई आज पक्राउ गरिएको हो ।
हाल पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

