नेपालले वेस्टइन्डिज ‘ए’ सँग आज चौथो खेल खेल्दै
काठमाडाैं | बैशाख २०, २०८१

काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० सिरिजको चौथो खेल आज खेल्दैछ । उक्त खेल टीयु क्रिकेट मैदानमा दिउँसो १२:१५ बजेबाट सुरु हुनेछ ।
बुधबार भएको सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई ७६ पराजित गरेको थियो । त्यस्तै आइतबार भएको दोस्रो खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको थियो ।
शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो । पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।
टी-२० विश्वकपको तयारीमा रहेको नेपालले वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा ५ टी-२० खेल खेलिरहेको हो ।
काठमाडौं: यस पटको बडा दशैंको टीकाको साइत असोज १६ गते विहिवार विहान ११ बजेर ५३ मिनेटमा रहेको छ । नेपाल पाञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस पटक बडादशैंको घटस्थापनाको साइत अस...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीलाई पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी सँघले कम्प्युटर तथा प्रिन्टर सहयोग गरेको छ । जिल्ला प्रहरी कार्यालय पुगेर सँघका अध्यक्ष जीवन गुरुङ, सचिव दिलु ल...
काठमाडौं: मङ्गलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँ पुगेसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ...