पोखराको बिजुली पसलको गोदाममा आगलागी हुँदा करिव ८० लाख बढीको क्षति
पाेखरा | बैशाख २०, २०८१
Photo: APF
पोखरा: पोखरा महानगरपालिका– १० अमरसिंहचोक स्थित एक बिजुली पसलको गोदाममा आगलागी हुँदा ८० लाख भन्दा बढीको क्षति भएको छ ।
पोखरा महानगर–१४ चाउथे बस्ने ४९ वर्षीय धुव्र मरासिनीले सञ्चालन गरेको संग्रीला सप्लायर्स को गोदाममा हिजो (बुधबार) बेलुका आगलागी हुँदा ८०–९० लाख रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की प्रहरी अनुसारका संग्रीला सप्लायर्सको गोदाममा विद्युत सर्ट भएर आगलागी भएको जनाएको छ । आगलागी कारण गोदाममा भएका बिजुलीका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

