छोरेपाटनबाट लागूऔषधसहित २ जना प्रकाउ
पाेखरा | बैशाख २०, २०८१
पोखरा: पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट २ जना लागूऔषधसहित प्रकाउ परेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलिले ७५ एम्पुल लागूऔषधसहित २ जनालाई प्रकाउ गरेको हो ।

प्रहरीले बरामद गरेको लागूऔषध । फोटो: कास्की प्रहरी
स्याङ्जाको पुतलीबजार नगरपालिका–८ बाहाकोट बस्ने ३५ वर्षीय भिमबहादुर शाही र छोरेपाटनका ३८ वर्षीय राजेन्द्र विकलाई नुर्फिन २५ एम्पुल, डाईजापाम २५ एम्पुल र फेनरागन २५ सहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

