तालचोकमा ग्राहक कुटेको आरोपमा दोहोरी साँझका सञ्चालक प्रकाउ
पाेखरा | बैशाख २५, २०८१
पोखरा: पोखरा महानगरपालिका–२७ तालचोकस्थित एक दोहोरी साँझका सञ्चालकले ग्राहक कुटेको आरोपमा प्रहरीले एकजनालाई प्रकाउ गरेको छ ।
दोहोरी साँझमा गएका तेजबहादुर गुरुङलाई कुटपिट गरी गम्भिर घाइते बनाएर फरार रहेको जाहेरीको आधारमा प्रहरीले तालचोकबाट हिजो (सोमबार) ३२ वर्षीय सुनिल बस्नेतलाई प्रकाउ गरेको हो ।
शनिबार राति तालचोकस्थित सातताल दोहोरी साँझ तथा रेष्टुरेन्टमा गएका गुरुङलाई सञ्चालक बस्नेतले कुटपिट गरेका थिए ।
प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ज्यानमार्ने उद्योगमा ८ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

